logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा थपिए ४९ जना कोरोना संक्रमित, एक सय ६७ जना संक्रिय संक्रमित


अंकुरण खबर
2.08K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले नेपालमा एक सय ६७ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोनका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।