logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा भेटियो बर्डफ्लु, आसपासका फर्ममा पनि सचेतता अप्नाउन आग्रह


अंकुरण खबर
832
Shares

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएसंगै नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।

बर्डफ्लु पुष्टि भएसंगै बसेको प्राविधिक समितिको बैठकले संक्रमित क्षेत्र घोषणा गरेर नियन्त्रणको प्रयास सुरु गरिएको हो ।

बर्डफ्लु भेटिएको फर्ममा एक हजार ५ सय टर्की रहेका छन् । आसपासका क्षेत्रमा पनि तिर्कता अप्नाउन प्राविधिकहरुले आग्रह गरेका छन् ।