logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परिवर्तनको लागि टङ्कप्रसादको योगदान अतुलनीय, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य साकार पार्नै पर्छ : ओली


अंकुरण खबर
598
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालीन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

आज काठमाडौँमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले भने ‘मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ’। आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए । उनले टङ्कप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे।  पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए ।

देशप्रेमी व्यक्तिको लागि देश ठूलो हो कुरा भएकाले देशका लागि आफुले काम गर्ने र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य साकार पर्न आफुहरु लागिपरिरहने अध्यक्ष ओलीको भनाई थियो ।