logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदी तथा धातुको असर्फीमा मूल्यवृद्धि


अंकुरण खबर
1.17K
Shares

नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातुका सिक्का (असर्फी) को मूल्य बढाएको छ।

केन्द्रीय बैंकले सुनचाँदी र धातुबाट निर्मित टकमरी खरिदमा प्रिमियम १ सय रुपैयाँले बढाएको हो । यसअघिसम्म सुनचाँदी र धातुका असर्फी खरिद गरी टकमरी गर्दा जर्ती लगायतको लागतवापत प्रतिग्राम २ सय रुपैयाँ थप गरी असर्फीको मूल्य निर्धारण गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।

अब भने १ सय रुपैयाँ थप गरी प्रतिग्राम ३ सय रुपैयाँ कायम गरेर दैनिक मूल्य निर्धारण गर्न पाउने व्यवस्था गरेको छ। केन्द्रीक बैंक मुद्रा व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्दै सो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाले यसअघिसम्म व्यक्तिगतबाहेक संस्थागत रुपमा न्यूनतम २० थानभन्दा बढी असर्फी खरिद गर्दा प्रतिग्राम ३ सय रुपैयाँ लागतलाई ५ सय रुपैयाँ कायम गरेको छ।