पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।