logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आ.ब.२०७९/८०का लागि आज देशभरका ७५३ वटै स्थानीय तहले बजेट ल्याउदै


अंकुरण खबर
1.014K
Shares

आज ७५३ वटै स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट सार्वजनिक गर्दैछन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।

प्रत्येक वर्ष जेठ १५ मा संघीय सरकारले ल्याएको बजेटबाट गएको समानीकरण, सशर्त, विशेष र समानीकरण गरि चार प्रकारको अनुदानबाट, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्दछन् ।

कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् ।