वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ ।
बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् ।
वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ ।