logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप


अंकुरण खबर
1.521K
Shares

ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदैछ ।

भोलि शनिबार भने खोप दिइने छैन । भोलि बाहेक १५ गतेसम्म विद्यालय वा वडामा रहेको स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ । आज वडा नम्बर १, २ र ३ का बालबालिकालाई खोप दिइने छ ।

यस्तै, पर्सि वडा नम्बर ४, ५, ६ र ७ मा, १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

बिहान ११ बजेदेखि ४ बजेसम्म हुने ललितपुर महानगरपालिकाले जनाएको छ ।