logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकता विधेयक अघि बढाउन र मूल्य वृद्धि नियन्त्रण गर्न सांसद्हरुको माग


अंकुरण खबर
676
Shares

आजकाके राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा कानुनसंग नबाझिने गरि विधेयक अघि बढाउन सरकारसँग माग गरेका हुन् ।

त्यस्तै सांसद बिना पोखरेलले मनसुनी विपद्बाट हुने सम्भावित क्षति रोक्न बेलैमा तयारी थाल्न सरकारसँग आग्रह गर्दै मूल्य वृद्धि भएकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन।

त्यसैगरि सांसद रामचन्द्र राईले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गरेका हुन् ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले उच्च मूल्यवृद्धिले जनतालाई समस्या बनाएकाले समाधानका उपाय पहिल्याउन सरकारसँग आग्रह गरे।

सांसद सुरेशकुमार आलेमगरले नागरिकसम्बन्धी विषय संवेदनशील विषय भएकाले यसमा सबै दलबीच सहमति गरी शीघ्र कानुन निर्माणमा जुट्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद डा. विमला राई पौड्यालले शारीरिक र मानसिकरूपमा स्वास्थ्य हुन विवाह गर्ने उपयुक्त उमेर २० वर्ष उपयुक्त हुने जनाउँदै यसलाई घटाउन नहुने धारणा व्यक्त गरे ।

त्यस्तै सांसद नरबहादुर विष्ट, देवेन्द्र दाहाल लगाएतका सांसद्ले जनजीबिकाका बिषयमा सरकार जबाफदेही हुनु पर्ने धारणा राखे ।