logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार दोहोरो अंकले बढ्यो नेप्से, १३ मध्ये १२ उपसमूहमा हरियाली


अंकुरण खबर
676
Shares

तीन हप्तादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको शेयर बजार परिसूचक नेप्से शुक्रबार भने दोहोरो अंकले बढेको छ ।

शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि २.८१ अंक बढेको छ ।

शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्डको सूचकमा भने गिरावट आएको छ । फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सीवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ ।