logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्तमान परिस्थितिको ठोस विश्लेषण गरी अगाडी बढेमात्र पार्टी बलियो हुन्छ : माधवकुमार नेपाल


अंकुरण खबर
1.95K
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरू कहिल्यै विदेशीसामु नझुक्ने बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनैपनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको इशारामा चल्न नसक्ने पनि बताएका छन् । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने गरेको बताए।

अध्यक्ष नेपालले पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने पनि बताए। उनले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्बन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताए।

परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने अध्यक्ष नेपालको भनाई थियो ।