logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षा सुरु भएसंगै मेलम्चीमा पुनः बाढीको त्रास, फट्टेको अस्थायी पुलमा क्षती


अंकुरण खबर
1.287K
Shares

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गए राति आएको बाढीले फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

शुक्रबार राती वर्षा र बाढीका कारण हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्ची, हेलम्बु लगाएतका स्थानमा ठुलो जन धनको क्षति गरेको थियो । त्यस बेला यस स्थानमा पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा पनि हिजोबाढीले क्षति पु¥याए पछि अहिले सडक अबरुद्ध भएको छ ।