अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा परेको छ ।
शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढ सय घर डुबेको छ । पहिरो खसेर खोला थुनिएपछि स्थानीय डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको हो ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । ठाउँ ठाउँमा गएको पहिरो कारण अहिलेसम्म मानवीय क्षति नभए पनि पहिरो र डुवानको समस्याले धेरै प्रभाव पारेको, यातायात अवरुद्द भएको प्रहरीले जनाएको छ ।