logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजै रातिदेखि नयाँ मूल्य लागु हुने


अंकुरण खबर
910
Shares

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य आज (शनिबार) मध्यरातिदेखि नै लागू हुने भएको छ । जसमा पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

मन्त्री बडुका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटाएको हो । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी आएको छैन्।

अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल मट्टितेलको १६३ कायम हुनेछ ।