संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्दैछ।
संघीय संसद भवन नयाँबानेश्वरमा बैठक बिहान ११ बजे बस्ने छ । आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भइसकेको छ भने राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ। मन्त्रीहरूले जवाफ दिइसकेपछि पारितको प्रक्रियामा अघि बढ्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयको छ ।