logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची


अंकुरण खबर
1.17K
Shares

आइतबार (आज) प्रतिनिधि सभाको बैठक बस्दैछ।

दिउँसो १ बजे बैठक बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन -२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्को सचिवालयले जनाएको छ ।