logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा छलाङ, ४ दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट


अंकुरण खबर
1.456K
Shares

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ ।

कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९४.९२ अंकले अर्थात् ५.१० प्रतिशतले बढेको हो।

योसँगै नेप्से १९५६.९८ विन्दुमा फर्किएको छ। लगातार घटिरहेको सेयरबजार साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढेको हो।

सेन्सिटिभ सूचक पनि १७.९३ अंकले बढेको छ। दिनभरिमा २ सय ३० कम्पनीको कारोबारमा ६३ लाख कित्ता सेयर बिक्री भएका छन् । ४४ हजार पटकको खरिदबिक्रीसँगै २ अर्ब १९ करोड ६१ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आज व्यापार, होटल र पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन्।

चार दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज लगानीकर्ताहरुले २.१६ प्रतिशतसम्म मात्रै गुमाएका छन्। कुमारी बैंकको सर्वाधिक ८ करोडको कारोबार भएको छ।