logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आउने निर्वाचनमा उल्लेख्य मतपरिणाम आउने गरि काम गर्न कार्यक्रतालाई माधवकुमार नेपालको निर्देशन


अंकुरण खबर
702
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ध्यान केन्द्रित गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमबार पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकको उद्‌घाटन गर्दै अध्यक्ष नेपालले अधिकतम सफलता हासिल गर्नेगरी निर्वाचनको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

उनले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्ने हिसाबले तयार गर्नुपर्छ। ३३० प्रदेश सभाका लागि पनि तयारी गर्नैपर्छ। जिम्मेवारी दिर्नैपर्छ। वडा तहदेखि टोल टोलमा कमिटी बनाउनेदेखि सबै काम गर्ने गरि वातवरण बनाउन पनि निर्देश गरे।

पार्टीका लागि समानुपातिक मत पनि आवश्यक पर्ने भन्दै त्यसमा मत बढाउन सकिएमा सिट संख्या बढ्ने अध्यक्ष नेपालको भनाई थियो ।