नेपालमा पनि विद्युत सर्ट भएर दुर्घटना हुने क्रम बढ्दो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विद्युत सर्ट भएर दुर्घटना हुने क्रम नरोकिएकाले आवश्क सजक हुन आग्रह गरेको हो ।
विशेष गरेर मोबाइल फोन चार्जमा राखेर फोन गर्दा वा चलाउदा करेन्ट सर्ट भई दुर्घटना हुने संभावना बढी भएकाले त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको हो ।
मल्टिप्लगमा ओभरलोड हुनेगरी विद्युतीय उपकरण नजोड्न आग्रह गरेको प्राधिकरणले रातिभर फोन वा अन्य इलोक्टोनिक सामान चार्जमा राखेर नछोडन पनि सचेत गराएको छ ।
विद्युत सम्वन्धि हरेक सामानको प्रयोग गर्दा गुणस्तरमा ध्यान नदिए आगलागी हुने, अन्य दुर्घटना हुने भएकाले त्यस तर्फ सावधानी अप्नाउन आग्रह गरेको हो । विद्युत सम्वन्धि हरेक सामानको प्रयोग गर्दा गुणस्तरमा ध्यान नदिए दुर्घटना हुने, मानिसको मृत्यु समेत हुने भएकाले त्यस तर्फ सावधानी अप्नाउन आग्रह गरेको हो ।