logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज जबजका प्रतिपादक मदन भण्डारीको जन्म जयन्ती, स्पष्ट भएन अझै दुर्घटनाको रहस्य


अंकुरण खबर
1.547K
Shares

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज मंगलबार ७१औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

नेकपा एमाले र उसका विभिन्न जनसंगठनहरूले मंगलबार विभिन्न कार्यक्रम गरि मदन जयन्ती मनाउन लागेका हुन्। नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । उक्त दुर्घटना रहस्यमय भएको भन्दै अझै पनि घटनाको सत्य तथ्य पत्ता लगाउन भण्डारीका शुभचिन्तकले माग गर्दै आएका छन् ।