logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वामदेवले खोले नयाँ पार्टी, अन्य पार्टीसँग एकता गर्ने लक्ष्य, ७५ सदस्यीय केन्द्रीय कमिटी


अंकुरण खबर
572
Shares

नेकपा विभाजनदेखि मूलधारको राजनीतिबाट विश्राम लिएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् ।

नेकपा (एमाले)का पूर्व-उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य समेत रहेका गौतमले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नामको नयाँ पार्टी घोषणा गरेका हुन्।

पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जनकारी दिइयो छ । पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ ।

गौतमको पार्टीले अन्य पार्टीहरूसँग एकता सम्वादका लागि आफ्नै संयोजकत्वमा समिति बनाएका छन्।

पार्टीको आन्तरिक कार्यक्रम अन्तर्गत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संग सामुदायिक संगठन र पेशागत संगठन पनि निर्माण गरिने जनाइएको छ ।

यस्तो छ सचिवालय…
संयोजक – वामदेव गौतम
सचिव– डिबी कार्की
सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।