आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले अहिले विहानैदेखि नै अधिकांश स्थानमा वर्षा भैरहेको छ ।
काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन।
बुधबार
आज बुधबार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहिबार
भोली दिउँसो बिहिबार देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार
पर्सि शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहन्छ । त्यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।