कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।
पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका अनुसार १ हजार ६२० जनाको नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित भेटिएका मध्ये पीसीआर विधिबाट ५१ र ११ जना एन्टिजेन विधिबाट पुष्टि भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १९ जना निको भएका छन् भने कुनै पनि संक्रमितको ज्यान गएको छैन । हाल २६१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । असार लागेपछि कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ ।