logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बुधबार ४१ अङ्कले नेप्से वृद्धि, लगानीकर्ता उत्साहित


अंकुरण खबर
845
Shares

सेयर बजारमा बुधबार सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएसंगै लगानीकर्ता उत्साहित भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अङ्कले बढेर ३७९.१५ विन्दुमा पुगेको छ ।

कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो ।

यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयर मूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रुपैयाँमा झरेको छ ।