logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गभर्नर अधिकारीको चिन्ता रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थप्यो


अंकुरण खबर
1.131K
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन्।

नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन्।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा शंकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताएका हुन्। उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए। उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए। गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए।

अधिकारीले भने,‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ। हामी सबैले फेस गरिरहेका छौं। कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्ध त्यसपछि सटेजको अर्थतन्त्रको फलस्वरुपमा मूल्यवृद्धि यतिबेला ग्लोवल रुपमा भएको छ। यसको चुनौती विश्वभरले भोग्नुपरिरहेको छ। नेपाल त्यसबाट अन्यथा हुन सक्देनौं त्यस कारण यो अहिलेको चुनौती सामना गर्ने शिलशिलामा सबैको भूमिका जरुरी छ।’

त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताए।

उनले चार्टड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भुमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्नसकिने बताए।

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन्।