logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा थपिए ५५ जना कोरोना संक्रमित, १७ जना संक्रमणमुक्त


अंकुरण खबर
1.339K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।