सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै असार २७ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् । केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने उल्लेख गरिएको छ। बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र अगामी चुनाव र वर्तमान समसामयिक विषयमा छलफल हुने जनाएका छन् ।