शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार राती देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ’।