logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घटेनन् मापसे गरी काठमाडौं उपत्यकामा सवारी चलाउने, दैनिक १२५ जनाभन्दा बढी कारवाहीमा


अंकुरण खबर
585
Shares

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी साधन चलाईरहेको अवस्थामा भेटिने गरेका छन् ।

कार्यालयका अनुसार गत असार २९ गते १०७, ३० गते १४४, ३२ गते १८३, साउन १ गते १३२, २ गते १२०, ३ गते १४० र ४ गते ५० जना सवारी चालकलाई मापसे गरी सवारी साधन चलाएकोमा कारवाही गरिएको छ ।