logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आबुखैरेनीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते


अंकुरण खबर
1.053K
Shares

तनँहुको आबुखैरेनी गाँउपालिका–१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ ।

डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।