logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोका कारण दुई सडक अवरुद्ध


अंकुरण खबर
1.573K
Shares

काठमाडौंको तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङको बेशीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे– बेसिशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।