logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारलाई एसपीपीका सन्दर्भमा सदनलाई जानकारी दिन सभामुखको निर्देशन


अंकुरण खबर
1.17K
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल सरकारलाई एसपीपीका सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी दिन निर्देशन दिएका छन्।

बिहिबारको प्रतिनिधि सभाको बैठकमा सभामुखले भने,‘एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ। सो सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यन्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु।’

बैठकमा विशेष समय लिएर बोल्ने संसदहरूले एसपीपी अस्विकार गर्नेबारे अहिलेसम्म अमेरिकालाई चिठी नपठाएको भन्दै आपत्ति जनाएका थिए। परराष्ट्र मन्त्रलायले पत्रकार सम्मेलनमा एसपीपीबारे अध्ययन भइरहेको र अमेरिकालाई चिठी पठाउनेबारे छलफल भइरहेको बताएको थियो।

परराष्ट्रको उक्त धारणापछि बिहीबारको प्रतिनिधि सभाको बैठकमा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ, एमाले सांसद भिमबहादुर रावल लगायतले उक्त विषयबारे सरकारको धारणा माग गरेका थिए।

मन्त्रिपरिषद्ले असार ६ एसपीपीमा सहभागी नहुने भन्दै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो‌। परराष्ट्रले हालसम्म पनि उक्त पत्र पठाएको छैन।