logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गभर्नर अधिकारीकाे राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनको प्रदर्शन 


अंकुरण खबर
2.002K
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरुले राजीनामा मागेका हुन् । विरोध प्रर्दशनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र समेत प्रदर्शन गरेका थिए ।