logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित, आदिवासीबाट पहिलो भारतीय महिला राष्ट्रपति बनिन् मुर्मू


अंकुरण खबर
1.144K
Shares

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार राति सम्पन्न मतगणनामा  एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

राष्ट्रपति पदका लागि सत्ताधारी दल भारतीय जनता पार्टीले आदिवासी नेतृ द्रौपदी मुर्मू र विपक्ष दलबाट पूर्व वित्तमन्त्री यशवन्त सिन्हा प्रतिस्पर्धामा थिए।

निर्वाचनबाट मुर्मु राष्ट्रपति बन्ने यस अघिनै पक्कापक्की भइसकेको थियो।

शिक्षिका बनेर करिअरको शुरुवात गरेकी मुर्मु एकपटक मन्त्री भइसकेकी छिन्। उनी सन् २००० मार्चदेखि २००२ अगस्टसम्म राज्यमन्त्री भएकी थिइन्। उनी आदिवासीबाट पहिलो भारतीय महिला राष्ट्रपति बनिन्।