नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ । साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ ।
निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।
कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ । सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।
एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकलाई तिनुपर्ने ब्याज दर बढ्यो
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने ब्याज दर बढाइएको छ ।
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पु¥याएको छ ।