logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब देशको बागडोर माओवादीको हातमा आउँछ : प्रचण्ड


अंकुरण खबर
611
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनपछि माओवादी प्रमुख दल हुनेमा कुनै शंका नरहेको बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी लगायतबाट पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्णायक अवस्थामा पुग्ने र त्यही अनुसार नेता कार्यक्रतालाई तयारी गर्न पनि निर्देशन गरे । उनले आफुले मधेसबाट नै क्रान्तिको शुरुवात गरेको दाबी गरे। अब मधेसमा पनि माओवादीको पकड बलियो हुने उनको भनाइ छ।

विगतमा माओवादीको बारेमा डिजाइनका साथै भ्रम छरिएको, तर त्यसलाई चिर्दै अहिले मूल शक्तिको रुपमा अघि बढेको उनको भनाई थियो ।

आगामी निर्वाचन पछि देशमा माओवादी पार्टी एकपटक फेरि पुन: स्थापित हुने र माओवादीलाई देशको बागडोर आफ्नो हातमा ल्याउन कसैले नसक्ने उनले दाबी गरे।