logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले आफ्नै काकाको हत्या गरे


अंकुरण खबर
1.079K
Shares

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् । गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका पिपरा गाउँपालिका–५ का रामनाथ दास  पुनः कर्तव्य ज्यान मुद्दामा नै पक्राउ परेका हुन् ।

कोदालो प्रहारबाट आफ्नै काकाको हत्या गरेको आरोपमा शुक्रबार ४५ वर्षीय दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनका काका रामबहादुर दास  खेतमा गएको बेला कोदालोले कन्चटमा हानेर हत्या गरेको सबुद तथा दसी फेला परेपछि रामनाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनले काका रामबहादुर आँपको रुखमुनि सुतिरहेको अवस्थामा कोदालोको धारिलो भागले शरीरका विभिन्न भागमा प्रहार गरेका चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

उनहरुबीच केही दिन अगाडी झगडा भएको थियो । घरबाट कोदालो बोकेर भतिज रामनाथले काका आँपको रुखमुनि सुतिरहेको थाहा पाएपछी घरबाट नै कोदालो बोकेर गएको प्रहरीको भनाइ छ ।

उक्त कोदालो  रामनाथ दासको श्रीमतीले पहिचान गरेकी थिइन भने अभियुक्तको घरबाट अन्य प्रमाणसमेत फेला परेको थियो ।

पारम्भिक बयानमा रामनाथले समेत हत्या गरेको स्वीकार गरेका छन । काकाको हत्यापछि नुहाएका रामनाथले हत्याका क्रममा रगत लागेको आफूले लगाएको कपडामा धोएर सुकाएको अवस्थमा प्रहरीले बरामद गरेको छ ।

यसअघि पनि  साविक सहोडवा–५ बस्ने राम बिलास दास तत्मा लाई  कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा रामनाथ  ७ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका हुन् । गणतन्त्र दिवस अवसरमा गत १५ जेठमा केन्द्रीय कारागार त्रिपुरेश्वरबाट रिहा भएका थिए ।