logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले


अंकुरण खबर
455
Shares

बुद्धजन्मस्थल तथा विश्वभर रहेका बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरू मरेका छन् । निरन्तर पानी पर्न सुरु भएदेखि नै पोखरीका माछा मर्न थाले पनि शुक्रबार भने एकै पटक ४० वटा मरेको लुम्बीन विकास कोषले जनाएको छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार पोखरीको पानीमा अक्सिजनको कमी हुँदा प्रत्येक बर्ष जसो माछाहरू मर्ने गरेका छन् । यस पटक पानीमा अक्सिजनको कमी भएर माछाहरू मरेको हुन सक्ने शाक्यले बताए ।

‘यो बर्ष पानी परेन गर्मीले पोखरीको पानी सुक्यो ।’ शाक्यले भने, ‘सिमसिम पानी परेपछि अक्सिजनको कमी भएर हुनसक्छ, ४० वटा माछा मरे ।’ पोखरीमा पानी कमी भइ अक्सिजनको कमी भएको हुनसक्ने भन्दै शनिवार पोखरीको पानी फेर्न सुरु गरेको शाक्यले बताए ।

पोखरीको माछा मर्न थालेपछि स्थानीयले कोषप्रति आक्रोश व्यक्त गरेका छ्न् । प्रत्येक वर्ष माछा मर्ने जानकारी कोषलाई भए पनि जोगाउन समयमै प्रयास नगरेको उनीहरुको आरोप छ । विश्व आस्थाको धरोहर मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्कर्णी पोखरीमा माछा, कछुवालगायत जलचर छ्न् ।