logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेस युनियनमा संस्थापन पक्ष कमजोर : अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा इतरको अग्रता


अंकुरण खबर
468
Shares

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार भएको निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ।

अहिलेसम्म ६ सय मतगणना भएको छ। जसमा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन्। त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार बनेका शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा अर्का प्रेम केसी २ सय ९५ मत ल्याएका छन्।

महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र अर्का दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन्।

महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।

हेटौंडाको रोयल पार्टी प्यालेसमा गत शुक्रबारबाट नवौं महाधिवेशन भएको थियो।