logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्धिखर्क साना सहरी खानेपानीको अध्यक्षमा रायमाझी निर्वाचित


अंकुरण खबर
1.56K
Shares

सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा एमालेका नेता रामबहादुर रायमाझी निर्वाचित भएका छन् ।

शनिवार राति सम्पन्न निर्वाचनबाट राजेन्द्रकुमार कक्षपती श्रेष्ठलाई २४९ मतले हराउँदै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबारबाट सुरु भएको अधिवेशनमा उद्घाटन सत्र जारी रहँदै जिल्लामा क्रियाशिल ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्य बाँडफाँड गरेपछि असन्तुष्ट भई श्रेष्ठ स्वतन्त्र उठेका थिए । तर, दलीय प्यानलले जित हात पारेको हो ।

१८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात एक तिहाई मतमात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षका लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गरेका हुन् । श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् ।

सहसचिव एमालेकी बसन्ता सन्दिप पौडेलले ३८९ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी नेतृ सुमित्रा मुखियाले १५२ मत प्राप्त गरेकी छन् । खुल्ला सदस्य, महिला सदस्य तथा लेखा समिति संयोजकमा समेत दलीय उम्मेदवार निर्वाचित भए ।