logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


अंकुरण खबर
1.144K
Shares

हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।