logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न स्थानमा मृत अवस्थामा चार जना फेला


अंकुरण खबर
1.014K
Shares

ललितपुर, नवलपरासी (पूर्व), महोत्तरी र पर्सामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको औरही नगरपालिका–७ भोईलस्थित सडकमा रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब ४३ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सारको कम्पाउण्डभित्र हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।