logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्ल्याकमेल गर्दै एक युवतीमाथि जबरजस्ती करणी


अंकुरण खबर
1.664K
Shares

रुपन्देहीमा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो । ती युवतीलाई सोधपुछ गर्दा दुई किशोरले युवतीको विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए ।

किशोरहरूले युवतीलाई यौन सम्पर्क गर्न देऊ अनिमात्र बल्ल तिम्रो फोटाहरू फालिदिन्छौ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरीले आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको एक थान मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान थालिरहेको जनाएको छ ।