logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
936
Shares

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ का २२ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

गिटी लोड गरेको ना७त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।