logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनार्दन प्रकरण : प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट छानबिन समितिमा पुग्यो, मंगलबार सिल तोडिने


अंकुरण खबर
1.729K
Shares

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभर सम्बन्धी रिर्पोछ संसदीय विषय समितिलाई बुझाएको छ ।

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा जेठ १४ गते रातीको सिसिटिभी फुटेज नभेटिएको भनी अर्थ मन्त्रालयसँग सोध्यो । अर्थमन्त्रालयले सिस्टम अनुसार रहेको सिसिटिभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिर्पोट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए । ‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सिसिटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।