बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् ।
प्रहरीका अनुसार आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको छ ।
कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।