logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किन प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् बेलायतका प्रधानमन्त्री जोनसन


अंकुरण खबर
1.209K
Shares

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजिनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ ।

जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ ।

‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन्। उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्छन्,’  क्रुडासलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ।
बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनको लागि पक्रिया सुरु भइसकेको छ । कन्जरभेटिभको संसदीय दलमा निर्वाचित नेता प्रधानमन्त्री बन्न सक्छन् । सेप्टेम्बरको पहिलो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।