logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


अंकुरण खबर
754
Shares

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको छन् ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए ।

विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ ।

हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ ।