logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ


अंकुरण खबर
494
Shares

वीरगन्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उनीहरुलाई आइतबार राति पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।