logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु


अंकुरण खबर
1.612K
Shares

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ ।

महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ ।